Categories समाज

सिर्सिया नदि बचाउन काठमाडौँसम्म पदयात्रामा निस्केको टोली पाँचौं दिन भरतपुर पुग्यो

वीरगन्ज । वीरगन्जको सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन सरकारलाई दबाब दिनका लागि सामाजिक अभियन्ताहरुले वीरगन्जदेखि काठमाडौँसम्मको पदयात्राको आज पाँचौं दिन हो।

पाँचौं दिन भरतपुर पुगेको टोली आज भरतपुर स्थित मोहन माध्यमिक बिधालयमा बास बस्ने अभियन्ता सरोज रायले जानकारी गराउनुभयो ।

Advertisement

चुरे तथा वनजंगल संरक्षण अभियानले सिर्सिया नदिलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिनका लागि बिहीबारबाट वीरगन्जदेखि काठमाडौँसम्मको पदयात्रा सुरु भएको थियो । अभियानका राष्ट्रिय संयोजक सुनिल यादवको नेतृत्वमा दर्जनौं अभियान्ताहरु उक्त पैदल यात्रामा सहभागी छन् ।

Advertisement

वीरगन्ज नाकाको शंकराचार्य प्रवेशद्वारस्थित सिर्सिया नदिमा पुगेर त्यहाको प्रदुषित पानी बोत्तलमा भरेर बिहिबार देखि पदयात्रा प्रारम्भ गरिएको थियो ।

सिर्सिया नदीलाई प्रदुषण र अपहरणमुक्त गराउन तथा भूमिहीनहरुको भूमि अधिकार, रोजगारीका साथै चुरे वनजंगल संरक्षणका निम्ति जनआवाज आन्दोलनअन्तर्गत बिहीबारदेखि विरोध स्वरूप पदयात्रा सुरु गरिएको यादवको भनाई छ ।

संयोजक यादवले वीरगन्जबाट सुरु गरिएको पदयात्रा ११औँ दिनमा काठमाडौं पुगेर सिंहदरबारको गेट अगाडि सिर्सिया नदिको प्रदुषित पानी पोख्ने र त्यसो गर्दा पनि सरकारले नसुने आफूहरु माइतिघरमा अनिश्चितकालीन धर्नामा बस्ने जानकारी पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *