Categories समाचार

चट्याङ लागेर ३५ वर्षीया महिलाको मृत्यु

Advertisement

रौतहट । रौतहटमा मंगलबार बिहान चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ।

वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर मौलापुर नगरपालिका पतौरागाउँकी ३५ वर्षीया प्रतिमा देवीको मृत्यु भएको हो। 

Advertisement

आफ्नो गोठ नजिकैको ट्युबवेलमा पानी भर्ने क्रममा बिहान ७ बजे चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर नन्दकिशोर चौहानले जानकारी दिए । 

Advertisement

मृतक महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाउने तयारी छ। रौतहटमा बिहानैदेखि हावाहुरी र मेघगर्जनसहित वर्षा भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *