अमित अग्रवाल
वीरगञ्ज । प्रतिबन्धित भारतीय नोट सहित बाराका ५४ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसर टोल बस्ने अन्दाजी ५४ वर्षका मेहीलाल प्रसाद साह रहेका छन् ।
हिजो साझ करिब साढे ३ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ती चोकस्थित रक्सौलबाट वीरगञ्ज तर्फ आईरहेका उनको खानतलासी गर्दा पक्राउ परेका हुन ।
ना २ प १११३ नम्बरको हिरो होण्डा मोटरसाईकल चलाई आईरहेका उनलाई खानतलासी गर्दा पछाडी भिरेको नेवी ब्लु रंगको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा भारतीय रु.५००।- दरका नोट ३४६ थान, रु.२००।- दरका नोट ३ थान र रु.१००।- का नोट ३ थान गरी जम्मा भारतीय रु. १,७३,९००।-(एक लाख तिहत्तर हजार नौ सय ) प्रतिवन्धित भारतीय नोट फेला परेको थियो ।
उक्त भारतीय नोटहरु र मोटरसाईकल समेत बरामद गरी साहलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी गराए ।


