Categories समाचार

जिप दुर्घटना हुँदा पाँच दिनको नवजात शिशुसहित ४ जनाको घटनास्थलमै मृत्यु

Advertisement

काठमाडौँ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँच दिनको नवजात शिशुसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोरा रहेका छन्।

Advertisement

दुर्घटनामा परेर आठ जना घाइते भएका छन्। उनीहरुलाई उद्धार गरेर उपचारको पठाइएको छ।

Advertisement

सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको सदरमुकाम खलंगा जान लागेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा दुर्घटनामा परेको हो।

जिपमा १४ जना सवार रहेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ। जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ। दुर्घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *