मधेस प्रदेश सरकारमा लोसपा पनि सहभागी हुदै , पर्साका रमेश कुर्मी बन्दै
वीरगन्ज । मधेस प्रदेस सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी हुदैछ ।
जसपा मधेस प्रदेस संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारमा बिहीबार लोसपाले मन्त्री पठाउन लागेको हो।
लोसपाका एक नेताका अनुसार पार्टीका तर्फबाट रमेशप्रसाद कुर्मी मन्त्री बन्ने भएका हुन्। वन मन्त्रालय लिएर लोसपाले कुर्मीलाई सरकारमा पठाउन लागेको हो।
कुर्मी , पर्सा २ को (ख) बाट प्रदेससभा सदस्यमा निर्वाचित भएका हुन् । पार्टीले कुर्मीलाई सरकारमा पठाउन लागेको लोसपाका मधेसप्रदेश अध्यक्ष जितेन्द्र सोनलले पुष्टि गरे ।
लोसपाले कुर्मीको नाम पठाएर बिहीबार नै उनको सपथग्रहण गराउने तयारी मुख्यमन्त्री यादवको छ।
सरकारमा सहभागी हुन लोसपाले दुई मन्त्रालयमा दाबी गरपनि गठबन्धनमा आवद्ध दलहरूलाई भागबन्डा पुर्याउन सम्भव नभएको भन्दै मुख्यमन्त्री यादवले राज्यमन्त्रीसहित एक मन्त्रालयमात्र दिन सकिने बताएका छन्। यसका लागि लोसपा पनि सहमत देखिएको छ।
केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि मुख्यमन्त्री यादवले ९ जेठमा नेपाली कांग्रेसका दुई र नेकपा(एकीकृत समाजवादी) का एक गरी तीन जनालाई सहभागी गराउँदै मन्त्रिपरिषद विस्तार गरेका थिए।






