अन्जु कुमारी
वीरगन्ज । आर्थिक अवस्था कमजोर रहेको दलित समुदायको एकै परिवारको दुई छोरीको विवाहका लागि एक सामाजिक संस्थाले खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
पर्साको बहुदरमाई नगरपालिका १ विश्रामपुर निवासी अति विपन्न दलित परिवार कि छोरीहरु ( दिदीबहिनी) को विवाहका लागि सामाजिक कार्यमा सक्रिय फोर जि आर समूह वीरगन्जले खाद्यान्न सामाग्री सहयोग गरेको हो ।
मानवसेवा नै वास्तविक धर्म हो भन्ने उद्देश्यका साथ निःस्वार्थ
रूपमा कामकाज गर्दै आइरहेका सो समूहले दिदिबहिनीको विवाहका लागि आलु ३ बोरा, दाल १ बोरा, आटा ५० किलो, तेल २ कार्टुन, पत्ता, चामल लगायतका सामाग्रीहरु सहयोग गरिएको समुहका अनिशकान्त कुशवाहाले जानकारी गराए ।
सामाजिक अभियन्ता तथा युवा नेता अरबिन्द सिंहको विशेष पहल र स्थानीय जादोलाल रामको समन्वयमा सो परिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराइएको हो ।






