Categories समाचार

वीरगन्ज : बालबालिकाहरूका लागि ट्राफिक सम्बन्धि जनचेतना मुलक कक्षा

Advertisement

श्याम सरार्फ

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ता स्थित रहेको श्री त्रिजुद्ध महाबिर प्रसाद रघुबिर राम प्राविधिक माध्यमिक बिद्यालयका विद्यार्थीहरूका लागि ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कक्षा सञ्चालन गरिएको छ ।
 
विधार्थीहरुलाई सवारी नियम र सुरक्षित रहने तरिकाबारे सचेत बनाउँदै दुर्घटना न्यूनीकरण गराउने अभियान अनुरुप क्रमश विभिन्न बिधालयहरुमा सचेतना मुलक कक्षा सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले जानकारी गराए ।

Advertisement

विद्यार्थीहरुलाई सडकमा ट्राफिक नियम, सडक पार गर्ने स्थान, पैदलयात्रा गर्ने तरिका, सवारी रोक्ने, चढ्ने र झर्ने साइड, बालबालिकाको सुरक्षालगायतका विषयमा चेतनामूलक जानकारी गराइएको थियो ।

Advertisement

सचेतना फैलाउने, सूचना प्रवाह गर्नेजस्ता कार्यमा विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भएकाले आफुहरूले सचेतना अभियानमा विद्यार्थीहरुलाई सहभागी गराउदै आएको प्रहरी निरीक्षक थापाले बताए ।


बिधालयको सभाहलमा आयोजित कक्षामा ९ र १० का ४ सय ५० जना बिद्यार्थीहरु सहभागी भएका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *