वीरगञ्ज । वडा प्रहरी कार्यालय, श्रीपुरले बिल विजक भन्दा बढी कस्मेटिक लगायतका सामानहरू बोकेको एउटा भारतीय माल बाहक पिकअप आफ्नो नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित ड्राईपोर्टबाट बिआर ०५ जिसी ५३९५ नम्बरको भारतीय पिकअपलाई नियन्त्रणमा लिइएको श्रीपुरका प्रमुख प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीले जानकारी गराए ।
शुक्रबार साँझ करिब ०७:३० बजे चंडाल चौकमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अन्दाजी मूल्य ५८ लाख ५९ हजार ४७ रुपैयाँ बराबरको पिकअप र सो पिकअप भित्र लोड रहेको कस्मेटिक लगायतका सामानहरूलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी निरीक्षक शाहीले बताए ।






