वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले आम सर्वसाधारणको न्यायमा पहुँच न्यून हुदै गएकोले मानवअधिकारवादीले पीडितलाई न्याय दिलाउन पहल गर्नु पर्ने बताएका छन् ।
स्वतन्त्र मानव अधिकार समाजको चौथो राष्ट्रिय परिषद्को उदघाटन गर्दै नगर प्रमुख सिंहले राम्रो कामको सराहना र गलत कार्यको बिरोध गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । साथै महानगरको समग्र विकासमा सबैलाई साथ सहयोग गर्न अपिल गर्नु भएको छ ।
नगर विकासमा सफल नेतृत्वदायी भुमिका निर्वाह गरेकोमा नगर प्रमुख सिंहलाई समाजले सम्मान गरेको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र वरिष्ठ साहित्यकार नवराज लम्सालले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
यसैगरी वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियालाई समेत समाजले सम्मान गरेको थियो ।
स्वतन्त्र मानव अधिकार समाजको चौथो राष्ट्रिय परिषद्को उदघाटन समारोहमा वरिष्ठ साहित्यकार नवराज लम्साल , प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली काग्रेसका प्रकाश उपाध्याय , पत्रकार धुर्व साह ले शुभकामना मन्तव्य दिनु भएको थियो ।
समाजको राष्ट्रिय अध्यक्ष कृष्ण खनाल को सभापतित्वमा भएको कार्यक्रममा सहजीकरण धुर्व अधिकारीले गर्नु भएको थियो ।






