Categories समाचार समाज

बहिरा बालबालिकाको भविष्यका लागि सबैले मिलेर काम गरौँ : मेयर सिंह

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बहिरा विद्यार्थीका लागि आउजाउ गर्न यात्रुवाहक बसको व्यवस्था मिलाउने बताउनुभएको छ ।

वीरगञ्जमा आजदेखि सुरु सरोकारवालाहरुका लागि १० दिने आधारभुत सांकेतिक भाषा तालिमको उद्घाटन गर्नुहुँदै उहाँले बहिरा विद्यार्थीहरुको आवागमन सहज बनाउन यातायातको प्रबन्ध मिलाउने बताउनुभएको हो ।

Advertisement

महानगर क्षेत्रमा २ सय जना बहिरा विद्यार्थी रहेको भन्दै उहाँले उनीहरुको शिक्षाको प्रबन्ध महानगरले गरिरहेको पनि बताउनुभयो ।

Advertisement

अहिले पठन पाठन भइरहेको स्थानबाट सारेर अर्को स्थानमा सुविधासम्पन्न विद्यालय बनाउने काम अघि बढाइएको भन्दै उहाँले बहिरा बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि सबै एक जुट भएर काम गर्नुपर्ने बताउनुभयो ।

बहिराहरुको विचार भावना बुझ्न सकियोस भनेरै महानगरले सांकेतिक भाषाको तालिमका लागि सहयोग गरेको पनि उहाँले बताउनुभयो । तालिममा १५ जना महिला पुरुषको सहभागिता रहेको छ ।

पर्सा बहिरा संघकी उपाध्यक्ष समिक्षा सापकोटाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, बहिरा संघ पर्साका अध्यक्ष सगुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण अर्चना कर्णले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *