Categories राजनीति समाचार

पर्साको राजनीतिमा भुइचालो : करिमा, शशीकपुरसहित सयौं नेताहरु जनमतमा प्रवेश गर्दै

Advertisement

वीरगन्ज । पर्सामा विभिन्न राजनीतिक दलका नाम चलेका नेताहरुले डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्ने तयारी गरेका छन् ।

संविधानसभा सदस्य करिमा बेगम , लोसपाका केन्द्रिय सदस्य शशीकपुर मियाँ , नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सिपु तिवारीसहितका नेताहरु जनमत पार्टीमा प्रवेश गर्न लागेका हुन् ।

Advertisement

लोसपाका केन्द्रिय सदस्य मियाँका अनुसार ,मियाँ, बेगम , तिवारीसंगै वीरगन्ज महानगरपालिकाका वडा नम्बर २० का पूर्व वडाअध्यक्ष सन्तोष तिवारी , जसपाका पूर्व क्षेत्रीय सभापति मनोज यादव , पूर्वसचिव विनोद चौरसियाका सयौं नेताहरु जनमत पार्टीमा प्रवेश गर्न लागेका हुन् ।

Advertisement

वीरगन्जको नगरसभा गृहमा यहि जेष्ठ २७ गते नगरजनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर राउतको प्रमुख आतिथ्यतामा बृहत पार्टी प्रवेश कार्यक्रम आयोजना हुदैछ । त्यहि दिनको कार्यक्रममा आफुहरु सामुहिक रुपमा जनमत पार्टीमा प्रवेश गर्ने लोसपाका केन्द्रिय सदस्य मियाँले जानकारी गराए ।

पार्टी प्रवेशकालागि टुङगोे लगाउन मंगलबार काठमाडौंस्थित जनमत पार्टीको केन्द्रिय जनसम्पर्क कार्यालयमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर राउतसंग भेटेर छलफल गरिएको जानकारी पनि मियाँले दिए ।

जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले जेष्ठ २७ गतेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नाम चलेका अरु नेताहरु पनि जनमत पार्टीमा प्रवेश गर्ने बताए । उनले भने,‘ पार्टी प्रवेशका लागि जिल्लामा नाम चलेका अरुपनि नेताहरुसंग घनीभूत छलफल चलिरहेको छ , त्योदिनको पार्टी प्रवेश कार्यक्रमले पर्सामा अरु दलहरुमा ठूलै भुइंचालो ल्याउनेछ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *