Categories समाचार समाज

स्मार्ट फोनका कारण बालबालिकामा गम्भीर मानसिक समस्या

Advertisement

वीरगन्ज । तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छ ? तपाईंका बच्चा दैनिक स्मार्ट फोनमै व्यस्त भइरहेका छन् कि ? समयमै सतर्क बन्नुहोस्, ढिलो भए बालबालिकामा गम्भीर मानसिक समस्या निम्तिन सक्छ ।

काठमाडौंकी एक १३ वर्षीया बालिकाले हालै असामान्य व्यवहार देखाउन थालिन्। घरमा हजुरआमालाई कुट्ने, सामान फुटाउने, स्कुल जान नमान्ने र खानसमेत नमान्नेजस्ता गतिविधि उनले देखाउन थालिन्। यी समस्यामा सुधार नआएपछि अभिभावकले उनलाई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पुर्‍याए। केन्द्रकी मनोविद् करुणा कुँवरले बालिका र अभिभावक दुवैलाई परामर्श दिइन्। ती बालिकालाई सानै उमेरदेखि स्मार्ट फोन चलाउने लत परेको थियो। 

Advertisement

उनले मोबाइल नपाएको बखत समस्या झनै चर्को हुन्थ्यो। लामो समय स्मार्ट फोन चलाएकाले उनको आनीबानीमा समस्या देखिएको हो। समस्या निक्र्योल भएपछि मनोविद् कुँवरले पटक–पटक परामर्श दिनुपर्‍यो। 

Advertisement

गत फागुनमा काठमाडौंकै अर्की ११ वर्षीया बालिकामा धेरै चकचक गर्ने, जे मन लाग्यो त्यही बोल्ने, तौैल धेरै बढ्ने, राति कम सुत्ने, निद्रामा बर्बराउने, स्कुल जान नमान्नेजस्ता समस्या देखिए। अभिभावकले ती बालिकालाई पनि मानसिक तथा स्वास्थ्य परामर्श केन्द्रमा पुर्‍याए। पटकपटकको परामर्शपछि ती बालिकामा देखा परेका समस्या हराउँदै गए।

काठमाडौं कोटेश्वरका एक तीन वर्षीय बालकमा रातिमा नसुत्ने र मोबाइल हेरिरहने समस्या देखियो। यी बालकका बाबुलाई पनि स्मार्ट फोनको लत लागेको थियो। बाबुछोराको उपचार पनि केन्द्रकै परामर्शमा भयो।

घन्टौंसम्म स्मार्ट फोन चलाउने बालबालिकामा मानसिक समस्या देखिन थालेकाले उपचार केन्द्रमा यस्ता समस्या लिएर पुग्ने अहिले थुप्रै छन्। तर उनीहरूको अध्ययन भएको छैन। परामर्श केन्द्रकी मनोविद् कुँवरका अनुसार सातामा सेवा दिने १५ जनामध्ये दुईमा स्मार्ट फोनको लतले विभिन्न समस्या निम्ताएको पाइएको छ।

कान्ति बाल अस्पतालको मानसिक विभागमा दैनिक उपचारका लागि जाने ४० जनामा दुईरतीनजना स्मार्ट फोनले निम्ताएका मनोसमस्याका बिरामी हुन्छन्। औसतमा मासिक यस्तो समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको संख्या ७२ छ। यो समाचार नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *