Categories शिक्षा समाचार

निशुल्क टिउसन पढाउने संस्थालाई उपकार सेवा नेपालको सहयोग

Advertisement

अमित अग्रवाल

वीरगन्ज । गाउँका बालबालिकाहरूलाई निशुल्क टिउसन पढाउने संस्थालाई उपकार सेवा नेपालले विभिन्न सामाग्री सहयोग गरेको छ ।

Advertisement

पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ४ मा श्री दलित उथान समूदायिक समूह पोखारियाले दलित तथा गैरदलित बिद्यार्थीहरुलाई निशुल्क टिउसन पढाउदै आइरहेको छ ।

सामान्य परिवारका लगभग एक सय बिद्यार्थीहरुलाइ संस्थाले आफ्नै व्यवस्थापनमा शिक्षिका राखी पढाइ रहेको छ ।

Advertisement

सहज बाताबरणमा शिक्षा हासिल गर्न सकुन् भन्ने उदेश्यले  व्हाइट बोर्ड २ थान, मार्कर १ प्याकेट, डस्टर २ थान, स्ट्यान्ड पंखा २ थान, कपि ,कटर,पेन्सिल,इरेजर लगायतका सामानहरु सहयोग गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी गराए ।

टिउसन सञ्चालन हुने गाउँमै संस्था कि अध्यक्ष बिद्या कुमारी सरावगी सदस्य द्वय सुमन बगेडिया र अन्कुर शर्माद्वारा सामुदायिक समुहका कोषाध्यक्ष  जादोलाल राम, सचिव रमेश्वर राम तथा टिउशन पढाउने शिक्षिका द्वय पूजा कुमारी राम र फूलकुमारी देबि रामलाई हस्तान्तरण गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *