वीरगन्ज । गर्मीले बेहाल वीरगन्जमा निशुल्क सातु खुवाउने कार्यक्रम गरिएको छ ।
बुधबार (आज) बिहान आठ बजेदेखि ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्साको आयोजनामा वीरगन्ज महानगरपालिका वडा नम्बर १० ग्रिनसिटी चौकमा बटुवाहरुलाई निशुल्क सातु खुवाइएको छ ।
सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका मेयर राजेश मान सिंह थिए ।
स्थानियहरुको सहभागितामा बढदै गइरहेको गर्मिलाई मध्यनजर गर्दै निशुल्क सातु खुवाउने कार्यक्रमको आयोजना गरिएको अध्यक्ष खेतानले जानकारी गराए ।
सय किलो सातु खुवाउने योजना रहेकोमा समाचार तयार गरिरहदा बटुवा, रिक्सा चालक, ठेला चालक गरि जम्मा १५०० जनालाई सातु खुवाइसकेको समेत खेतानले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सत्यराज धिमिरे, सर्फुदिन मियाँ, दिलिपराज कार्की लगायतको उपस्थिति रहेको थियो ।







