अमित अग्रवाल
वीरगञ्ज । वीरगञ्जमा नबिल बैंकको तेस्रो शाखा बसपार्क नजिकै बाइपास रोडमा सञ्चालनमा आएको छ । बाइपास शाखाको उद्घाटन प्रमुख अतिथि वीरगञ्जका मेयर राजेशमान सिंहले गरेका छन् ।
बाइपास शाखाका शाखा प्रबन्धक कृष्ण हरी भण्डारीको सभापतित्वमा भएको सो उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाका निर्देशक अजित रेग्मी रहनुभएको थियो भने अतिथिमा रमेश अग्रवाल, डी एन अग्रवाल, नितिन नन्द्वावाला वीरगञ्ज शाखा, पावर हाउस चोक शाखाका प्रवन्धक सन्तोष कुमार साहको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि सिंहले शुभकामना मन्तव्य राख्दै बैंकिङ प्रायोजनका लागि आदर्शनगर क्षेत्रमा देखिने चाँप लाई कम गर्न बैंकले बाइपास क्षेत्रमा गरेको शाखा विस्तारको लागि शुभकामना दिदै बैंकको आफ्नै पार्किङ व्यस्थापन गर्न आग्रह गरे ।
सर्व सुलभ तरिकाले सेवा प्रवाह गर्नका लागि सहकार्य र हातेमालो गर्न वीरगञ्ज महानगर सदैव तयार रहेको बताए ।
यस संगै वीरगञ्जमा नबिल बैंकको तीनवटा शाखा पहिलो आदर्शनगर, दोस्रो पावरहाउस र तेस्रो बाइपासमा सञ्चालन हुन्छ ।






