Categories समाचार

तराईमा ५ दिन तातो हावा चल्न सक्ने खतरा

काठमाडौँ । केही दिनयता देशका विभिन्न स्थानमा बढ्दै गरेको गर्मी आगामी केही दिनसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

विशेष गरी तराई भूभागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु (हिट वेभ) लाग्न सक्ने सम्भावना भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

Advertisement

महाशाखाले तराईमा मात्र होइन, पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम बढ्न सक्ने सम्भावना रहेको बताएको छ ।

Advertisement

केही दिनयता काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भूभागमा, मुख्यतयास् मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

शुक्रबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले तातो हावा तथा लु लाग्दा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने जनाएको छ ।

तातो हावा तथा लुबाट बच्न अत्यधिक गर्मीका बेला सकेसम्म घरभित्रै अथवा चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान र हल्का लुगा लगाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *