Categories समाचार समाज

सानाेदीप संस्थाद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

वीरगन्ज । सानाेदिप संस्था र वीरगन्ज महानगरपालिका वडा नम्बर २० को संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

सानाेदिपका अध्यक्ष कृष पटेलकाे अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक सुमन थपलिया रहेका थिए ।

Advertisement

वातावरण प्रदुषणलाई संरक्षण गर्न वृक्षारोपण कार्यक्रमकाे आयाेजना गरिएको संस्थाका अध्यक्ष पटेलले बताए ‌।

Advertisement

बिशिष्ट अतिथिका रुपमा वडा नम्बर २० का वडा अध्यक्ष रामकिशोर सिंह तथा अतिथी समाजसेवी अंकित पुरी सहभागी भएको सो कार्यक्रममा संस्थाका सदस्य अमित यादव, दिपेश, दुपेश, पुष्पा, विशाल, आलोक लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *