बिरगंज । पर्सा प्रहरीले बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सहित माल बाहक ट्रकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा बिरगंजबाट बुटवलतर्फ जाँदै गरेको गाडी वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिदुर शिवाकोटीको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बिहिवार राती साढे ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं. ६ महाबिर स्थान स्थित सडक खण्डबाट ना.५ ख १८४५ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका ट्रक र सो भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूको मुल्य रु.७७,४४,६९०।-(सतहत्तर लाख चौवालिस हजार नौ सय नव्वे) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि शुक्रबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।


