Categories समाचार

लालपर्सा स्वास्थ्य चौकीलाई एलईडी टिभी र फ्रीज सहयोग

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा स्थित रहेको लालपर्सा स्वास्थ्य चौकीलाई सोही वडाका वडा अध्यक्षले एलईडी टिभी र फ्रीज सहयोग गरेका छन् ।

स्वास्थ्य चौकीको हलमा स्वास्थ्य शिक्षा सेवा ग्राहिहरुको लागि ४३” एलईडी टिभी र खोप कार्यक्रम प्रभावकारिताको लागि फ्रीज हस्तान्तरण गरेका हुन ।

Advertisement

विगतका दिनहरुमा खोप कार्यक्रमका बरफ बनाउन बगही प्राथमिक स्वास्थ्य केन्द्रमा जानुपर्ने बाध्यता अन्त भएको स्वास्थ्य चौकी प्रमुख मेवालालले जानकारी गराए ।

Advertisement

हस्तान्तरण गर्दै वडा अध्यक्ष मनोज यादवले वडाबासीका लागि शिक्षा स्वास्थ्यनै मेरो पहिलो प्राथमिकता रहेको बताए । अध्यक्ष यादवले भने “चुनावताका गरेको वाचा अनुसार आफू अगाडि बडिरहेको र वडाबासीलाई चाहिने आधारभूत आवश्यकता पुरा गर्न तत्पर रहेको छु।”

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *