Categories समाचार

प्रेस लेखेको गाडी भित्र राजश्व छलीको अबैध रजनीगन्धा तुलसी ओसारपसार गर्ने दुइजना पक्राउ

Advertisement

अमित अग्रवाल
वीरगन्ज । राजश्व छलीका अबैध सामान, सवारी साधन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उ.म.न.पा.१४ डुम्बरवाना बस्ने दुर्गा प्रसाद लामिछानेका छोरा ३४ बर्षका दिपक प्रसाद लामिछाने ( चालक ) र भारत बिहार मोतिहारी जिल्ला, छतौनी ग्राम पञ्चायत वडा नं.११ बस्ने राम ईकवाल प्रसाद चौरासियाका छोरा २८ बर्षका सचिन कुमार चौरासिया (सोही पिकअपमा सवार) रहेका छन् ।

Advertisement

हिजो राती ९ बजे ललितपुर जिल्लाको लपु.म.न.पा.वडा नं.-२६ चिवहालमा प्रहरी बृत चापागाँउबाट नियमित चेकजाँचको लागि खटेको प्रहरी टोलीले निजहरुलाई पक्राउ गरेको हो ।

Advertisement

अगाडी सिसामा प्रेस लेखिएको स्टिकर टासेको सवारी साधनभित्र म्याद सकिएको प्रेस परिचय-पत्र वाहक सवार ब्यक्तिहरु चढेको पिकअपमा अस्वभाविक सामानहरु भेटिए पछि शंका लागि चेकजाँच गर्दा घटना बाहिरिएको हो ।

गाडी  भित्र बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु, कत्थासमेत अन्दाजी मुल्य रु. २०,७३,५९० (अक्षरीमा बीस लाख त्रिहत्तर हजार पाँच सय नब्बे) बराबरको अबैध सामान, अन्य ब्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास ३ थान फुला परेको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०१-०२६ च ८९८० नम्बरको इसुजुकी पिकअप गाडी सहित फेला परेको समान बरामद गरी चालक र सवार दुवैलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *