Categories समाचार

चाेरीको विद्युत उपभोग गर्ने ७ जना पक्राउ

Advertisement

वीरगन्ज । पर्साको ग्रामीण भेगमा विद्युत चाेरी गरेर उपभाेग गर्ने ७ जनालाई नेपाल विद्युत प्राधिकरणकाे विद्युत चुहावट नियन्त्रण टाेलीले पक्राउ गरि प्रहरीकाे जिम्मा लगाएकाे छ ।

विद्युत प्राधिकरण पाेखरिया वितरण केन्द्रबाट साेमबार राति सुरक्षाकर्मीसहित खटिएको विद्युत चुहावट नियन्त्रण टाेलीले ग्रामिण भेगका विभिन्न गाँउबाट ७ जनालाई नियन्त्रणमा लिएको हाे ।

Advertisement

विजुलीकाे पाेलमा सिधै तार हुकिङ्ग गरेर विद्युत प्रयाेग गरिरहेमाे अवस्थामा बागेश्वरी गाउँबाट ३ जना, भेलाहा गाँउबाट २ जना तथा कट्टीबलुवा र नगरदाहा गाउँबाट १/१ जना गरि ७ जनालाई नियन्त्रणमा लिइएकाे प्राधिकरण पाेखरिया वितरण केन्द्रकाे विद्युत चुहावट नियन्त्रण टाेलीका ईन्चार्ज सद्दाम हुसेनले जानकारी दिए । त्यसक्रममा ३ थान विद्युतीय माेटरपनि बरामद गरिएको उनले बताए ।

Advertisement

नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारबाहीका लागि मंगलबार बिहान ईलाका प्रहरी कार्यालय पाेखरियामा बुझाइएको हुसेनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *