Categories समाचार

नगवामा कृषि बजारकाे निर्माण कार्य सुरु

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा कृषि बजार निर्माण गर्न थालिएकाे छ ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे पहलमा किसानहरुले उत्पादन गर्ने कृषि उपज बिक्रीवितरणका लागि नगवामा थाेक कृषि बजार निर्माण गर्न थालिएको हाे ।

Advertisement

बुधबार पुर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका सांसद यादवले कृषि बजारकाे शिलान्यास गरेका छन् ।त्यस अवसरमा वीरगन्ज महानगरका मेयर सिंह, वडा नम्बर १६ का वडाअध्यक्ष परशुराम चाैरसिया लगायतकाे पनि उपस्थिति थियाे ।

Advertisement

पुर्वमन्त्री यादव र मेयर सिंहकाे पहलमा मधेस प्रदेश सरकारले उपलब्ध गराएकाे ३ कराेड रुपैयाँको लागतमा कृषि बजार निर्माण गर्न लागिएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरले जानकारी दिए ।

कृषि बजार निर्माणकार्यकाे ठेक्का दीप तामाकाेशअं कन्ट्रक्शन प्रालि भक्तपुरले सकारेकाे छ । आगामी असार मसान्तभित्र निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने सम्झाैतामा उल्लेख छ ।

कृषि बजारमा कृषि सेड , कंक्रिट पेभर, शाैचालय लगायतका संरचना निर्माण गरिने घिमिरेले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *