Categories समाचार

कारागारमा रहेका थुनुवालाई छुटाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

Advertisement

काठमाडौँ । कारागारमा रहेका थुनुवालाई छुटाइदिन्छु भनी  ठगी गर्ने एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ बस्ने ४२ वर्षीय सञ्च तामाङ रहेका छन् । 

Advertisement

वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाइदिन्छु भनी तामाङले ४ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

Advertisement

उनलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *