Categories समाचार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्नोलोजिष्ट घुस सहित पक्राउ

Advertisement

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौँ तह) लेखनाथ भट्टराई घुस सहित पक्राउ परेका छन् । 

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस-रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको हो । 

Advertisement

शुक्रबार बिहान शंखमुलबाट ५० हजार घुस रकमसहित भट्टराई पक्राउ परेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *