वीरगञ्ज । पहिलो पाइला नेपाल नामक सामाजिक संस्थाको वीरगञ्ज शाखाले नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार वीरगञ्जस्थित टाउन हल पार्टी प्यालेशमा सम्पन्न पहिलो पाइला नेपाल वीरगञ्ज शाखाको पहिलो अधिवेशनले सर्वसहमतिबाट मधु प्रजापतिको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको संस्थाका निवर्तमान अध्यक्ष निश्चल प्रजापतिले जानकारी दिए ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा मनिष चालिसे, दोस्रो उपाध्यक्षमा राज साह कानु, सचिवमा भक्ति अग्रवाल, सह-सचिवमा म. इमरान अली, कोषाध्यक्षमा राहुलकुमार साह र सह-कोषाध्यक्षमा रोहित गुप्ता रहेका छन् । त्यस्तै सदस्यमा कृति श्रेष्ठ, विज्ञा चालिसे, प्रियानी माझी, सत्यप्रकाश कुमार, म. इर्साद अन्सारी र माधवी गुप्ता रहेका छन् ।
संस्थाकी केन्द्रीय अध्यक्ष प्रतिभा जेसीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सभापति संस्थाका निवर्तमान अध्यक्ष प्रजापति रहेका थिए ।
वक्ताहरुले मन्तव्य राख्दै नव निर्वाचित कार्यसमितिलाई आगामी कार्यकालको शुभकामनासहित बधाई दिए संस्थाले गरिरहेको कामलाई निरन्तरता दिँदै आगामी दिनमा आफ्नो कार्यक्षेत्रलाई अझै फराकिलो बनाउन आग्रह गरे ।






