Categories समाचार

पौडी खेल्न गएका एक शिक्षकको डुबेर मृत्यु

Advertisement

वीरगन्ज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको ज्यान गएको छ ।

मध्यबिन्दु नगरपालिका–१४ बतासामा रहेको अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर देवचुली नगरपालिका–१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको ज्यान गएको हो । 

Advertisement

मृतक सुवेदी मध्यबिन्दु नगरपालिका–१० मा रहेको जनता माध्यमिक विद्यालयमा पढाउँथे । 

Advertisement

सुवेदीसहित स्कुलका सातजना शिक्षक पौडी खेल्न खोलामा गएकामा उनको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *