Categories समाचार

वडा अध्यक्ष र सचिव घुस सहित पक्राउ

Advertisement

काठमाडौं । धनुषाको नगराइन नगरपालिका वडा नम्बर–२ का अध्यक्ष वुलन यादव र सचिवलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

अध्यक्ष यादव र सचिव अमृत नारायण मिश्रलाई घुस सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तथा सह–सचिव भोला दाहालले जानकारी दिए । 

Advertisement

अख्तियारको कार्यालय बर्दिबासबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ७० हजार बरामद गरेको छ । उनीहरू नगराइन चोकबाट पक्राउ परेका हुन् ।

Advertisement

सडक निर्माणका लागी सिफारिस बनाइदिने प्रयोजनका लागी उनीहरूले घुस मागेको आरोप छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *