Categories समाज

आगलागीबाट पिडित परिवारलाई जन सेवाको आर्थिक सहयाेग

Advertisement

वीरगन्ज । पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर २ पाँडेपुरका आगलागीबाट पिडित परिवारलाई जन सेवा नामक संस्थाले आर्थिक सहयाेग गरेकाे छ ।

पाँडेपुरमा गत मंगलबार भएकाे आगलागीबाट पिडित दुई परिवारलाई जनहि ४/४ हजारका दरले ८ हजार रुपैयाँ नगद सहयाेग गरिएकाे जन सेवा संस्थाका संयाेजक बृजेश्वर प्रसाद चाधरीले बताए ।

Advertisement

बुधबार पाँडेपुरमै पुगेर आगलागीबाट पिडित मञ्जु महताे नुनिया र संदीप महताे नुनियालाई उक्त रकम प्रदान गरिएको चाैधरीले जानकारी दिए ।आगलागीबाट घर र घरभित्र रहेका सबै सरसामान जलेर नष्ट भएपछि बिचल्लीमामा परेका परिवारलाई तत्काल थाेरै भएपनि राहत पुगाेस् भनेर सहयाेग गरिएको चाैधरीले बताए ।

Advertisement

सहयाेग रकम प्रदान गर्ने क्रममा जगरनाथपुर गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपाली प्रसाद कुशवाहा, संस्थाका सदस्य कन्हैया पटेल, मनाेज महताे केवट, पत्रकार राजेन्द्र सिंह राजपुत लगायतकाेपनि उपस्थिति थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *