Categories समाचार

‘आदिपुरुष’लाई धरानमा प्रदर्शन नगर्न मेयर हर्क साम्पाङको आग्रह

Advertisement

काठमाडौं । विवादित बनिरहेको भारतीय फिल्म ‘आदिपुरुष’लाई  सुनसरीको धरान उपमहानगरपालिकाभित्र प्रदर्शन नगर्न मेयर हर्क साम्पाङले आग्रह गरेका छन् । मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला ।’

आदिपुरुषमा सीतालाई ‘भारतकी बेटी’ भनेको शब्द नहटाएसम्म नेपालमा भारतीय फिल्म रोक्ने भन्दै काठमाडौं महानगरपालिकाभित्र अन्य भारतीय फिल्म प्रदर्शनमा समेत रोक लगाइएको छ । यस्तै पोखरा महानगरपालिकामा पनि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।

Advertisement

धरानमा भने ‘आदिपुरुष’को मात्रै प्रदर्शन नगर्न मेयर साम्पाङले आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *