Categories समाचार

प्रस्तुत बजेटलाई यथास्थितिमा पारित गर्न सकिदैन : अध्यक्ष यादव

Advertisement

वीरगन्ज । जनता समाजवादी पार्टीले संसद्‌मा प्रस्तुत बजेटले धेरै क्षेत्रलाई उपेक्षा गरेकाले त्यसलाई यथास्थितिमा पारित गर्न नसकिने जनाएको छ ।

बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष उपेन्द्र यादवले बजेटमा सुधारको जरुरी रहेको बताएका हुन् । उनले अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको भन्दै यसमा मधेश लगायतलाई उपेक्षा गरिएको बताए ।

Advertisement

उनले यसलाई सुधार गर्नुपर्ने भन्दै यथास्थितिमा बजेट पास नहुने उनले भने ।

Advertisement

अध्यक्ष यादवले समाजवादी मोर्चामा बाबुराम भट्टराईको दललाई नसमेटेको विषयमा पनि टिप्पणी गरे । भट्टराई एक्लै हिँड्न रुचाउने व्यक्ति भएको यादवको भनाइ थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *