Categories समाचार

चिल्ड्रेन पार्कको अतिक्रमित संरचना हटाउन फेरि सुरु

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले माईराम पोखरी (चिल्ड्रेन पार्क) को पश्चिमतर्फ अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको छ ।
बिहीबारबाट महानगरले अतिक्रमण गरिएका संरचना डोजर लगाएर हटाउन थालेको हो । यस अघि महानगर पूर्वतर्फको अतिक्रमित संरचना हटाएको थियो ।

गएको फागुन १६ गतेबाट अतिक्रमण हटाउन थालेको महानगरले अतिक्रमित संरचना हटाउन विभिन्न समयमा डोजर चलाउँदै आएको छ । अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन स्थानीयले पटक पटक समय मागे पनि मागेको समयमा संरचना नहटाएपछि बिहीबारबाट पुनः डोजर लगाएर हटाउन लागिएको हो ।

Advertisement

बिहीबार ३ वटा संरचना डोजर लगाएर हटाइएको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजकसमेत रहनुभएका वडा नम्वर ५ का वडाध्यक्ष प्रदीप कुमार चौरसियाले बताउनुभयो ।

Advertisement

महानगरले अतिक्रमण हटाउन नापजाँच गरेर चिह्न लगाइसकेको छ ।
महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा अहिले महानगरका ३२ वटै वडामा अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउनुका साथै सार्वजनिक ऐलानी जग्गा खोजी गर्ने क्रम जारी रहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *