वीरगन्ज । पर्साको पकाहाँमैनपुर गाउँपालिका कार्यालय अगाडिबाट बिहिबार एउटा मोटरसाइकल चोरी भएको छ ।
बिहीबार पकाहाँमैनपुर गाउँपालिकाको कार्यालयमा काम विशेषले गएका वडा नं १ का वडा अध्यक्ष विनोद मेहताको ना ६० प १८५८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी भएको वडा अध्यक्ष मेहताले बताए ।
पालिकाले यत्रो ठूलो लगानीमा कम्पाउण्ड निर्माण गरेको भएपनि गाउँपालिका कार्यालयमा सिसिटिभी जडान नभएको हुनाले यस्तो पालिका भवनको कुनै काम नभएको उनले बताए । पालिकाको कार्यालय अगाडिबाट मोटरसाइकल चोरी हुनु भनेको कुनै सामान्य कुरा होइन । यस्तो पालिकाको जनप्रतिनिधि नै सुरक्षित छैन भन्ने पालिका बसीहरुलाई के सुरक्षा दिन सकिएला भन्ने उनले बताए ।
पालिकामा सिसिटिभी नहुनु भनेको पालिकाको दुर्भाग्य हो । जहाँ करोडौं करोडौंको कारोबार , कागजात लगायत कैयौ ठूला ठूला सरसामान , गाडिहरु लगायत रहेको कार्यालयमा सिसिटिभी जडान नहुनुको मतलब यहाँ जे पनि हुन सक्ने सम्भावना रहेको उनको भनाई छ । भोलिको दिनमा यसै कार्यालयका कर्मचारी तथा अन्य व्यक्तिहरू मिलेर जे पनि गर्न सक्ने सम्भावना बलियो रहेको भन्दै तत्काल सिसिटिभी जडान हुनु पर्ने उनले बताए ।
केहीदिन यतादेखि पर्सा प्रहरीले दिनकै दिनठूलो संख्यामा चोरहरु पक्राउ गरी सार्वजनिक गर्दै आएको छ भने अर्कोतर्फ चोरीको घटनामा पनि वृद्धि हुँदै गएको पाइएको छ ।






