वीरगन्ज । आगलागीमा परेर अपांग भएकी एक युवतीलाई उपकार सेवा नेपाल संस्थाले सहयोग गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १३ घर भएकी २१ वर्षीया आरती कुमारी डेाम तीन बर्ष पहिले जाडोमा आगो ताप्ने क्रममा शरीरमा आगो लागेर एउटा खुट्टा चल्न नसकेर शारीरिक आपाङ्ता भएकी थिइन् ।
संस्थाले उनलाई ह्वील चेअर १ थान ,चामल २५ किलो, नून, तेल ,दाल ,चिउरा तथा उपचार गराउन नगद उपलब्ध गराइएको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी गराए ।
संस्थाकी अध्यक्ष बिद्या कुमारी सरावगी सदस्य द्वय सुमन बगेडिया र पाद्माकुमारी सरावगीले नागवाको काव्या एकेडेमीमा सो सामान सहित आर्थिक सहयोग हस्तान्तरण गरेकी हुन ।
नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरि, युवा नेता ओमप्रकाश सर्राफ,प त्रकार राजेन्द्र सिंह, लालबाबु सिंह, मनोज मिश्रा समाज सेवि सुरेन्द्र गुप्ता तथा स्कुलका प्रधानाध्यापक हरेन्द्र कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।






