Categories राजनीति

संविधान संशोधन नभए अर्को आन्दोलन हुन्छ : उपेन्द्र यादव

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान शासकीय स्वरूप, निर्वाचन प्रणालीमा सुधार नभए भविष्यमा नयाँ संविधान बनाउनुपर्ने अवस्था आउन सक्ने बताएका छन्। 

आइतबारदेखि काठमाडौंमा सुरु भएको जसपाको विधान अधिवेशन उद्घाटन गर्दै अध्यक्ष यादवले अहिलको शासकीय स्वरूप, निर्वाचन प्रणालीले मुलुकको विकास गर्न र विकृति विसंगती अन्त्य हुन नसक्ने भन्दै शासकीय स्वरूप, निर्वाचन प्रणालीमा सुधार नभए भविष्यमा नयाँ संविधान बनाउनुपर्ने अवस्था आउन सक्ने बताएका हुन्।

Advertisement

उनले अहिलेको शासकीय स्वरूप, निर्वाचन प्रणालीलाई संविधानले धान्न नसक्ने भएकाले सुधार गर्नुपर्ने जिकिर गरे। उनले शासकीय स्वरूपका कारण नै सरकार कुन बेला ढल्ने हो भन्ने अवस्था रहेको धारणा राखे। 

Advertisement

मलुकलाई अग्रदिशातर्फ अघि बढाउनका लागि समावेशितामा आधारित समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्नेमा उनको जोड थियो। 

यादवले सात प्रदेशको संरचना त्रुटिपूर्ण रहेको, प्रदेशको क्षेत्राधिकार अत्यन्तै न्यून रहेकाले संविधानको संशोधन गरेर सच्याउँदै जनतालाई वास्तविक संघीयताको महसुस गराउनुपर्ने बताए। आइतबारदेखि सुरु जसपाको अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ। 

विधान अधिवेशनमा केन्द्रीय समितिका ४०६ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ संगठन तथा केन्द्रीय समितिबाट मनोनीत हुने १० जनासहित सात सय ६१ प्रतिनिधि सहभागी छन्। साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *