Categories राशिफल

प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ ।

Advertisement

वीरगन्ज ।

मेष । आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

Advertisement

वृष । आज विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ व्यक्ति सँग भेटघाट पनि हुनेछ ।

Advertisement

मिथुन । आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।

कर्कट । सौन्दर्यतामा धन खर्च हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ, तर नजिकका व्यक्तिबाट साथ मिल्नेछ ।

सिंह । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ, तर पुँजी बजारको भने भर हुने छैन ।

कन्या । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

तुला । परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारको लगानीले लाभ मिल्ला ।

वृश्चिक । आजको दिन लाभहानी माध्यम रहनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । वैदेशिक यात्राको योग पनि छ ।

धनु । आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

मकर । रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

कुम्भ । मिठो बोलीले कार्य सम्पादन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मीन । मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला, तर साँझमा शुभ समाचार पाइने र पैसा हात पर्नसक्छ । न्युजलय

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *