Categories समाचार

ठूलो परिमाणमा लागु औषधसहित एक भारतीय युवक पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जमा ठूलो परिमाणमा लागु औषधसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको रक्सौल घर भएका २० वर्षिय अनिल भन्ने अनिष सिंह रहेका छन् ।

उनको साथबाट प्रहरीले लागु औषध नाइट्राभेट ट्याब्लेट १ हजार ४७० पिस बरामद गरेको छ ।

Advertisement

बुधबार बिहान ९ बजेतिर वीरगन्ज भन्सार नजिकको रजतजयन्ति चोक स्थित सडकमा रक्सौलबाट पैदल वीरगन्ज आइरहेका सिंहलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो ।

Advertisement

त्यसक्रममा उनले बोकेको झोलाभित्रबाट उक्त परिमाणमा लागु औषध बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

लागु औषधसहित पक्राउ परेका सिंहलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर बुधबारनै पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको गिरीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *