Categories अर्थ

हिजोको तुलनामा आज सुन र चाँदीको मूल्य घटेर कारोबार हुदै

Advertisement

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीकै मूल्य घटेको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजोको तुलनामा सुन र चाँदीको मूल्य घटेर कारोबार भइरहेको जनाएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ९०० रुपैयाँ कायम छ ।

Advertisement

हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो । हिजो बुधबार समेत सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो ।

Advertisement

यस्तै, आज ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँ कायम छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँ कायम थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *