Categories राजनीति

नेपाल तरुण दलको केन्द्रिय सदस्यमा पर्साका पाँच जना मनोनित

Advertisement

वीरगन्ज । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलको केन्द्रिय सदस्यमा पर्साबाट पाँच जना मनोनित भएका छन् । तरुण दलको केन्द्रिय सदस्यमा पर्साबाट सन्तोष चौधरी , सन्जय चर्तुवेदी , राकेश यादव , देवप्रकाश पटेल र रोशन सिंह मनोनित भएका हुन् ।

कांग्रेसका केन्दिद्रय सभापति शेरबहादुर देउवाले विद्वान गुरुंगको अध्यक्षतामा गठित तरुण दलका केन्द्रिय सदस्यमा देशभरबाट ४ सय जनालाई बुधबार मनोनित गरेकामा पर्साबाट पाँच जना परेका हुन् ।

Advertisement

यस्तै तरुण दलको केन्द्रिय सदस्यमा बाराबाट भने आठ जना मनोनिनत भएका छन् ।बाराबाट तरुण दलको केन्द्रिय सदस्यमा सुझाव जयसवाल , राजकिशोर गुप्ता, दिपेन्द्र केशरी , विजय चौधरी , विष्णु खड्का ,आशीक तमांग ,पारसमणी चौधरी र ओमप्रकाश ठाकुर मनोनित भएको काँग्रेस केन्द्रिय कार्यालयका कार्यवाहक मुख्यसचिव डाक्टर प्रददीप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *