Categories अर्थ समाचार

एडीबीले नेपाललाई साढे ६ अर्ब रुपैयाँभन्दा बढी ऋण दिने

Advertisement

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई साढे ६ अर्ब रुपैयाँभन्दा बढी ऋण दिने भएको छ। 

आन्तरिक र वैदेशिक व्यापारमा नेपालले अंगिकार गरेको नीतिगत सुधार कार्यान्वयनमा सहयोग पुर्‍याउन एडीबीले ५ करोड डलर बराबरको ऋण स्वीकृत गरेको हो।

Advertisement

यो वर्ष नेपालको कुल गार्हस्थ उत्पादनमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत छ। सरकारले व्यापार र निकासी प्रवर्द्धन तथा वातावरणमा सुधार र प्राथमिक वस्तुको आपूर्ति शृंखलालाई सुदृढीकरण मार्फत् कुल गार्हस्थ उत्पादनमा व्यापारको योगदान बढाउन जोड दिएको छ। 

Advertisement

यसका लागि यातायात, पारवहन व्यवस्था तथा सीमा प्रक्रियालगायत भन्सार र लजिस्टिक्स प्रणाली र सेवामा सुधार आवश्यक छ।

एशियाली विकास बैंकका दक्षिण एशिया विभागका क्षेत्रीय सहयोग तथा सञ्चालन समन्वय निर्देशक थियाम हि एनजीले व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धात्मक क्षमतालाई बढावा दिनेछ र नेपाललाई दिगो आर्थिक वृद्धितर्फ डोर्‍याउने बताए। 

उनका अनुसार सुधारिएको व्यापार सहजीकरणले निर्यात बढाउन र नेपालको शोधनान्तर स्थितिलाई सन्तुलनमा ल्याउन मद्दत गर्नेछ।

सहयोगले भन्सार महसुल र शुल्कको विद्युतीय भुक्तानी, निर्यातकर्ताको कागजात विद्युतीय रुपमा पेश गर्न मिल्ने डिजिटल प्रविधिको विकासमा मद्दत गर्नेछ। 

एशियाली विकास बैंकले यस सहयोगमार्फत् सरकारको भन्सार सुधार तथा आधुनिकीकरण योजना कार्यान्वयन गर्न मद्दत गर्ने बताएकोछ। 

यसले भन्सार क्लियरेन्सलाई सहज बनाउन अनलाइन भन्सार मूल्यांकन डाटाबेस स्थापना गर्नेछ र निर्यातका लागि कागजातको आवश्यकता घटाउनेछ। अन्नपूर्ण पोस्टबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *