Categories समाचार

२ क्विन्टल ६२ किलो लागु ओैषध गाँजासहित भारतीय ट्रक नियन्त्रणमा, चालक फरार

Advertisement

वीरगन्ज । बारामा प्रहरीले लागु ओैषध गाँजा २ क्विन्टल ६२ किलो सहित एउटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ।

बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित सडकमा पर्किङ गरि राखिएको बीआर २५ जीए १४५८ नम्बरको ट्रकमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेकाे थियाे ।

Advertisement

त्यसक्रममा ट्रकमा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा २ क्विन्टल ६२ किलो गाँजा बरामद भएको गरेको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक पुरुषोतम पाण्डेले जानकारी दिए।

Advertisement

गाँजासहितकाे ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएपनि ट्रकका चालक भने फरार भएकोले उनको खोजी कार्य भईरहेको पाण्डेले बताए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *