चितवन । पहिरोले निरन्तर अवरुद्ध हुदै आएको नारायणघाट–मुग्लिन सडकखण्ड १९ घण्टापछि पुन सञ्चालनमा आएको छ ।
इच्छाकामना गाँउपालिका ६ स्थित तुईन खोलाको पुलमा शनिबारराती ११ पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।
खसेको पहिरो हटाइएपछि आइतवार साँझ ६ बजेपछि सडक पुन सञ्चालनमा आएको चितवनका प्रहरी नायब उपरीक्षक विजय पण्डितले बताए ।
उनका अनुसार , पहिरो खसेर सडकमा भएको अवरोध हटाउन चारवटा एक्साभेटर मेसिन प्रयोग गरिएको थियो । उक्त स्थानमा गत .बिहीबारदेखी नै पटक पटक पहिरो अस्दा सडक अवरुद्ध हुने गरेको छ ।
आइतबार सँँझ सडक खुलेपछि जाममा परेका सवारी साधनहरु गन्तब्य तर्फ लागेको प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।






