Categories समाचार स्वास्थ्य

साउन १ गतेदेखि नारायणी अस्पतालको सरसरफाई वीरगञ्ज महानगरपालिकाले गर्ने

Advertisement

वीरगञ्ज । साउन १ गतेदेखि नारायणी अस्पतालको सरसरफाईको जिम्मेवारी वीरगञ्ज महानगरपालिकाले लिने भएको छ । मेयर राजेशमान सिंहले आईतबार आशाराम आशाराम हस्पिटलको १० औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै यस्तो जानकारी दिएका हुन् ।

‘साउन १ गतेदेखि नारायणी अस्पतालको सम्पूर्ण सरसफाईको जिम्मा वीरगञ्ज महानगरपालिकाले लिँदैछ ।’ उनले भने वीरगञ्जमा साना अस्पतालहरु धेरै खुलेको बताउँदै मेयर राजेशमान सिंहले स्तरीय सेवा सहितका अस्पताल स्थापना गर्नुपर्नेमा जोड दिए । ‘सानो सानो अस्पताल र क्लिनिक मात्रै खोलेर हुँदैन राम्रो अस्पताल ल्याउनुपर्छ । ’ उनले भने ‘ के कस्तो सहयोग गर्नुपर्छ म तयार छु ।’

Advertisement

धार्मिक पर्यटन, पर्यटकीय स्थल सुधार मात्रै नभई वीरगञ्जका सबै पक्षमा सुधार ल्याउने बताउँदै उनले वीरगञ्ज बनाउने जिम्मा सबैको भएको समेत बताए ।
‘वीरगञ्जलाई सफा राख्ने र वैभव वीरगञ्ज बनाउने राजेशमान सिंहको मात्रै जिम्मेवारी हो र ? हामी सबै एक ढिक्का भएर लागौं । आउने ०८२ सालसम्म वीरगञ्ज बनाएर दिन्छु । वीरगञ्ज बनाउन सबैले काँधमा काँध मिलाएर हिँड्नु आवश्यक छ । ’

Advertisement

कार्यक्रममा बोल्दै नारायणी अस्पतालमा कार्यरत जनरल फिजिसियन डाक्टर निरज सिंहले वीरगञ्जलाई मेडिकल टुरिज्म सेन्टर बनाउनुपर्ने सुझाव दिए ।
मधेश विश्व विद्यालयका उपकुलपति डाक्टर दिपक शाक्यले सडक सरसफाईसँग स्वास्थ्य क्षेत्रमा रुपान्तरण आवश्यक भएको बताए ।

वार्षिकोत्सवको अवसरमा आशाराम हस्पिटलले आईतबार नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम मार्फत निःशुल्क प्रसुती सेवा शुरु गरेको छ । प्रतीक दैनिकका प्रधान सम्पादक जगदिश शर्माले आमा सुरक्षा कार्यक्रम राम्रो भएन भनेर लेख्नुपर्ने अवस्था नआओस भन्ने धारणा राखे ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा दिएको अतुलनीय योगदानको कदर गर्दै डाक्टर सागरमान सिंह अमात्य र डा. पिंगला अमात्यलाई र शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै डाक्टर दिपक शाक्यलाई सम्मान समेत गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम राखिएको म्यानेजिङ डाईरेक्टर निभा दासले जानकारी दिईन् । पहिलो दिन आईतबार अस्पताल परिसरमा रक्तदान कार्यक्रम भएको थियो । इसनेश बाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *