Categories धर्म/संस्कृति

अराध्यदेव भगवान शिवको पवित्र महिना श्रावण आज देखि शुरु, २ महिना सम्म चल्ने

Advertisement

वीरगन्ज । हिन्दुहरुका अराध्यदेव भगवान शिवको प्यारो एवं पवित्र श्रावण महिना आज देखि सुरु भएको छ र यसबर्ष श्रावण महिना दोमासमै परेकाले यो २ महिना लाग्ने भएको खबरले शिवभक्तहरुमा खुसियालिको माहौल छाएको छ ।

भक्तजन्हरु खुसि हुँदै आअफ्ना आसपासका शिवालयलाइ फुलपत्ती बिजुलिबत्तीले सजाएर आजै देखि कावरयात्रा गरि जल चढाउन तम्तयार भएका छन ।

Advertisement

आफ्नो गाउठाउ नजिक पर्ने प्रसिद्ध नदि जलासय हरुबाट नुहाएर जल बोकेर खाली खुट्टा पैदल हिडेर शिवजि लाई जल चढाएर आफुले चाहेको मनोकामना माग्ने गर्दछन र भाकल पूरा भए पछि फेरि त्यो क्रम दोहर्याउने मान्यता रहेको छ ।

Advertisement

विश्वप्रसिद्ध बाबा पशुपतिनाथ महादेव मन्दिरमा पनि भक्तजनहरु सुन्दरिजलबाट जल भरी पैदल कावरयात्रा गरि चढाउने गर्दछन भने देश भरिनै यो क्रम प्रत्येक शिवालयमा निरन्तर जारी रहन्छ । खासगरी सोमवार चाहिँ व्रत वसि जल चढाउनाले शिव अत्यन्तै प्रसन्न हुने मान्यता पनि चलि आएको छ ।
श्रावण महिनालाई शिवको महिनाको साथै प्रकृति , बर्षा ,सुहाग एवं श्रिङ्गारको महिना पनि भनिन्छ ।

भगवान शिवद्वारा पुर्णरुपले संचालित रहेको हुन्छ । त्यसैले यो महिनामा शिवको पुजा आराधना गर्दा मनवान्छित अर्थात मनले चाहेको पुर्ण हुने विश्वास पनि रहेको छ। यसै महिनामा शिव लाई प्राप्त गर्न पार्वतिले कठोर तप पनि गरेको हुनाले यो महिनामा उहाको पुजा आराधना गर्दा मागेको भन्दा बढी फल पाउने विश्वास समेत रहेको छ।

शिवलाइ प्रसन्न गर्न बेलपत्र, भाङ्ग,धतुरो चढाएर पुजा आराधना गरिने भनेको उहालाई प्रकृति संग असाध्यै लगाव हुनु नै हो र उहालाइ पशुपतिनाथ पनि त्यही भएर भनिएको हो । यो महिनामा महिलाहरुको लागि निकै खुशियाली को साथै महत्त्वपूर्ण अनि प्यारो रहेको पाइन्छ किनभने यो महिनामा महिलाहरुको लागि व्रत जस्तो कि तिज पर्वमा हरियो हरियो पहिरनले सज्जिएर शिव जस्तै वर पाउ भनी व्रत पनि राख्ने गरिन्छ।

एन्जल चौधरी

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *