Categories समाचार

अभिनेता शाहरूख खानको अमेरिकामा दुर्घटना

वीरगन्ज । बलिउड अभिनेता शाहरूख खानको अमेरिकामा दुर्घटना भएको छ।

अमेरिकास्थित लस एन्जलसमा एक प्रोजेक्टको छायांकन सेटमा उनको दुर्घटना भएको हो। 

Advertisement

दुर्घटनामा परेका शाहरूखको नाकमा चोट लागेको छ। चोट लागेपछि उनलाई नजिकको अस्पताल लगिएको थियो। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार मंगलबार उनको सामान्य शल्यक्रिया समेत गरिएको छ।  

Advertisement

शल्यक्रियापछि शाहरूख आफ्नो घर फर्किएका छन्। 

‘एसकेआर लस एन्जलसमा एउटा प्रोजेक्टको लागि छायांकन गरिरहेका थिए। उनको नाक ठोकियाे। नाकबाट रगत बग्न थालेपछि तुरून्तै अस्पताल लगिएको थियो,’ स्रोतले इटाइम्ससँग भनेका छन्।

शाहरूख आगामी फिल्म ‘जवान’ मा देखिदैछन्। एटलीले निर्देशन गरेको फिल्ममा दक्षिण भारतीय फिल्म क्षेत्रकी लेडी सुपरस्टार नयनताराको पनि मुख्य भूमिका छ।

यो फिल्मपछि उनी राजकुमार हिरानीले निर्देशन गर्ने फिल्म ‘डंकी’ मा देखिनेछन्। सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *