Categories समाचार

वीरगंज महानगरको वडा नम्बर २६ मा दादूरा ठेउला रोग देखियाे

अन्जु कुमारी

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ मा दादूरा ठेउला रोग देखा परेको छ । एकै घरमा ४ जना देखी ५ जना सम्म रोगले ग्रसित रहेको सुगौली वीर्ता स्वास्थ्य चौकीका इन्चार्ज राम कुमार यादवले जानकारी दिए ।

Advertisement

वडा नम्बर २६ को अठरहाँ र सुगाैली गाउँका २५ जना भन्दा बढीमा ठेउला रोग देखा परेको स्वास्थ्य चौकीका इन्चार्ज यादवले बताए । स्थानीयले स्वास्थ्य संस्थामा परीक्षण गर्न जाँदा ठेउलाको लक्षण देखा परेको थियो ।

Advertisement

दैनिक ५/६ जना संक्रामणका विरामी सम्पर्कमा आउने गरेको बताए । सुगौली विर्तामा बर्षाको मौसममा फेरी देखिएको स्वास्थ्यकर्मी बताए ।

यता ठेउला रोग देखा परेको वीरगन्ज महानगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई जानकारी भएपछि थप अनुसन्धानका लागि महानगरपालिकाले स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालय पर्साको टोली पुगेको थियो । महानगरपालिकाको छुट्टै टोली र सुगौली वीर्ताको स्वास्थ्यकर्मीहरुको टोलीले गाउँमा पुगेर परीक्षण गर्दा ठेउला रोग नै भएको प्रस्ट भएको छ ।

अनुसन्धानका लागि पुगेका टोलीमा नारायणी अस्पतालका छाला रोग विशेषज्ञ डा. रोहित गुप्ता, वीरगञ्ज महानगरका स्वास्थ्य शाखाका रितेश जैसवाल, स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ अधिकृत जयमोद ठाकर, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य अमित अग्रवाल तथा पत्रकार राजेन्द्र सिंह नेपाली र प्रणय साहको नेतृत्वको टोलीले निक्षिण गरेका थिए ।

महानगर स्वास्थ्य शाखाका रितेश जैसवालले सुगाैलीमा ठेउला नै हाे याे महामारी जस्तै अवस्था रहेकोले बुधबार स्वास्थ्य टाेलीकाे टिम सहित सुगाैलीमा स्वास्थ्य शिविरको आयोजना गर्ने जानकारी दिए ।

फोटो : अमित अग्रवाल/ रातोपाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *