Categories रासस

कारागारमा एक कैदी मृत फेला

वीरगन्ज । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् ।

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।

Advertisement

गुप्ताले तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए ।

Advertisement

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र मृत्युको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *