वीरगन्ज । उपकार सेवा नेपाल नामक समाजिक संस्थाले आफ्नो उत्तरदायित्व पुरा गर्दै विभिन्न स्थान र व्यक्तिलाई आवश्यक साधन उपलब्ध गराउदै आइरहेको छ ।
सोही क्रममा एक सामुदायिक बिधालयमा पंखाको अभावमा विधार्थीहरुले समस्या भोगिरहेको जानकारी पाए संगै संस्थाले पाँच थान पंखा उपलब्ध गराएको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी गराए ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २६ स्थित रहेको श्री राष्ट्रिय आधारभूत बिधालय अठराहामा अध्यनरत करिब ९५ जना बिद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी पंखा उपलब्ध गराइएको अध्यक्ष बिधा कुमारी सरावगीले बताइन् ।
प्रचण्ड गर्मीको समयमा संस्थाकि अध्यक्ष सरावगी, सदस्य सुमन बगेडियाको सहितको टोली बिधालय परिसरमै पुगी पाँच थान सिलिङ पंखा निमित्त प्रधानाध्यापक उपेन्द्र प्रसाद यादवलाई जिम्मा लगाएको हो ।






