Categories समाचार

सीता दाहालको मृत्युप्रति भारतीय प्रधानमन्त्री मोदीले गरे दुख व्यक्त

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको मृत्युप्रति दुख व्यक्त गरेका छन्।

प्रधानम्नत्री मोदीले ट्विट गर्दै सीता दाहालको मृत्युले आफू मर्माहत भएको बताएका हुन्।

Advertisement

उनले प्रचण्डप्रति हार्दिक सम्वेदना व्यक्त गर्दै भनेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’

Advertisement

उनले मृतकको चीर शान्तिको कामना गरेका छन्। प्रधानमन्त्री मोदीले नेपाली र अंग्रेजी दुबै भाषाबाट संवेदना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *