Categories समाचार

श्रीराम अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले गरे रक्तदान

Advertisement

वीरगञ्ज । वीरगञ्जको श्रीराम अस्पतालको आयोजनामा आज भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।

आमा सुरक्षा कार्यक्रम सुरु गरिएको १ वर्ष पुगेको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको अस्पताल संचालिका डा.दिप्ती यादबले जानकारी दिनुभयो ।

Advertisement

कार्यक्रममा डा.सुनिल यादव, डा.मनिष खन्ना, अनिल पटेल, राधा श्रेष्ठ, एन्जिला पटेल लगाएत ३५ जनाले रक्तदान गरेको उहाँले जानकारी दिनुभयो ।

Advertisement

१ वर्ष अघि अस्पतालले आमा सुरक्षा कार्यक्रम सुरु गरेको थियो । अस्पतालले आमा सुरक्षा कार्यक्रम सुरु गरेसँगेै १ वर्षमा सयौं गर्भवती आमाहरुलाई सुरक्षित प्रसूती सेवा प्रदान गरिएको अस्पतालकी संचालिका डा.प्रिती यादबले जानकारी दिनु भयो ।

कार्यक्रमको अवसर पारेर विभिन्न व्यक्तित्वहरुलाई अस्पतालले सम्मान गरेको छ ।

अस्पतालले समाजसेवी प्रकाश थारू, वीरगञ्ज युवा समाजका संस्थापक कमल चौगाईं, संचारकर्मी आबिद हुसेन, राजु खण्डेलवाल, हेमा थापा, साैरभ राज पाण्डे र राजन श्रीवास्तवलाई सम्मान गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *