Categories हाइलाइट-समाचार

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

Advertisement

काठमाडौं । प्रतिनिधिसभाबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० बहुमतले पारित भएको छ। 

कानुन,न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद्मा पेश गरेको विधेयक बहुमतले पारित भएको हो। 

Advertisement

सरकारले मिटरब्याज समस्या समाधान गर्नका लागि  वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो। मन्त्रिपरिषद् बैठकले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सो अध्यादेश जारी गरेका थिए।

Advertisement

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउने गरी ल्याइएको विधेयक २४ वैशाखमा संघीय संसदका दुवै सदनमा पेश भएको थियो। सो विधेयक ५ जेठमा स्वीकृत भएको थियो।

६० दिन (२० असार) भित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले ५ असारमा राष्ट्रिय सभामा पेश गरेको थियो । राष्ट्रिय सभाले १५ असारमा विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको थियो।

विधेयकमाथि १७ असारमा सैद्धान्तिक छलफल भएको थियो। त्यसपछि २० असारमा पारित गर्न कार्यसूचीमा राखेको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित रास्वपा र राप्रपाले बैठक अवरुद्ध गर्दा विधेयक पारित हुन सकेन र निष्क्रिय भएको थियो।

निष्क्रिय भए पनि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको विधेयक अघि बढाउन सत्तारुढ दलहरूबीच शनिबार सहमति जुटेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *